नेप्से झन्डै ५० अङ्कले बढ्याे, यी ५ कम्पनीकाे शेयरमा सकारात्मक सर्किट

 पुस २७, २०७८ मंगलबार १५:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार १९ अङ्कले बढेकाे नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ । 

आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ । 

आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पाेरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया