च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
बाँके – बाँकेको खजूरा बजारमा रहेको कृषि विकास बैङ्कको शाखा कार्यालयमा एक जना कर्मचारीले बैङ्क प्रबन्धकहरुको आईडी ह्याक गरी लाखौं रुपैयाँ अनियमितता गरेको पाइएको छ ।
अनियमितताको घटना सार्वजनिक भएपछि व्यवसाय सहायक घनश्याम अधिकारीलाई निलम्बन गरिएको छ । ६६ लाख रुपैयाँ हिनामिना गरिसकेका अधिकारीले गएको साउन ४ गते चार करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेपछि केन्द्रीय कार्यालयको टोलीले छानबिन सुरु गरेको हो । कृषि विकास बैङ्क खजूरा शाखाका प्रमुख सञ्जय श्रेष्ठले कर्मचारीबाट ६६ लाख रुपैयाँ बैङ्कमा दाखिला भएको जानकारी दिनुभयो ।
‘यस विषयमा आन्तरिक छानबिन चलिरहेको छ, मैले धेरै कुरा भन्न मिल्दैन’, शाखा प्रबन्धक श्रेष्ठले भन्नुभयो, ‘केन्द्रीय टोलीले छानविन गरिरहेको छ ।’ अधिकारीले एकैपटक धेरै रकम स्थानान्तरण गर्न लागेपछि पेन्डिङ्गमा बसेपछि केन्द्रीय कार्यालयले शंकास्पद भन्दै अनुसन्धान थालेको हो । खजूरा शाखाबाट एकै पटक दुई करोड भन्दा बढी स्थानान्तरण नहुने भएकाले चार करोड २८ लाख रुपया पेण्डिङ्गमा बसेको हो ।
अधिकारीले करिब दुई वर्षको अवधिमा थप रकम पनि अनियमितता गरेको हुन सक्ने भन्दै अनुसन्धान भैरहेको बैङ्क श्रोतले जनाएको छ । अधिकारीलाई भदौ १३ गते निलम्बन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।