ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्छु : मन्त्री आले

 पुस २९, २०७८ बिहिबार १८:३१:१६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्ने बताउनुभएको छ । 

प्रतिष्ठानले आज बिहीवार आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना र कलाकारिताको विकास गर्नका लागि भए पनि प्रतिष्ठानलाई आवश्यक पर्ने बटेज व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश चिनाउने भनेकै कलाकारिताले हो । कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने जति बजेट व्यवस्था गर्छु ।’

मन्त्री आलेले कला देशकाे गहना भएकाे र कलाकारहरूको हौसला बढाउन आफू सधैँ अग्रसर र प्रतिबद्ध रहने समेत बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो । 

प्रतिष्ठानले कलाकारहरूले हातले बनाएर प्रदर्शनमा राखेका चित्रहरूको मन्त्री आलेले अवलोकनसमेत गर्नुभएको थियो । चित्रहरू निकै राम्रा र उपयोगी भएको भन्दै मन्त्री आलेले चित्रकारहरूको प्रशंसासमेत गर्नुभएको थियो । दुई  वटा चित्र उहाँले किनेर पनि लैजानुभएको थियो । 

कार्यक्रममा मन्त्री आलेलाई प्रतिष्ठानले आफ्नो वार्षिक बजेटका विषयमा जानकारीसहितको किताब हस्तान्तरण गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया