प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

 माघ २, २०७८ आइतबार १५:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । 

यसअघि भोलि  दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । 

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो । 

भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया