लगातारको बाक्लो हुस्सुले पश्चिम तराईको जनजीवन कष्टकर

 माघ ३, २०७८ सोमबार ७:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।

केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ ।

न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको छ ।

नेपालगञ्जकाे अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यस्तै धनगढीको अधिकतम तापक्रम पनि  १४ दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । आज पनि घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकतम तापक्रम घट्ने अनुमान छ ।

चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर सबैभन्दा धेरै समस्यामा परेका छन् ।  चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।

यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। उहाँकाअनुसार आज पनि धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।  

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया