‘मधेस’ प्रदेश नामाकरण प्रति असहमति, ‘मिथिला-भोजपुरा’ नाम राख्न माग

 माघ ४, २०७८ मंगलबार १५:३६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

जनकपुरधाम –  मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् ।

८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटेएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनु भयो ।

त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।

यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार (आज) सार्वजनिक विदा दिएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोलि (बुधबार) पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार (हिजो) प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको हो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया