मनकामना मन्दिरमा माघ ६ गतेदेखि भक्तजनको प्रवेशमा रोक

 माघ ४, २०७८ मंगलबार १८:५:१२ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा – गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदाे बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिनुभयो । 

बलीपूजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक कार्यक्रम गर्नका लागि मन्दिरमा नआउन पनि क्षेत्र विकास समितिले भक्तजनलाई आग्रह गरेको छ । मनकामना केबलकार बन्द गर्नेबारे स्थानीय प्रशासन वा केबलकार व्यवस्थापनले भने कुनै निर्णय गरेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया