खोप केन्द्रमा खोप लगाउनेको भिड, जनस्वास्थ्यका मापदण्ड पालना भएन

 माघ ५, २०७८ बुधबार ७:४५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढेसँगै खोप लगाउनेको भिड पनि बढ्न थालेको छ ।

खोप केन्द्रमा बढिरहेको भिडले त्यहीँबाट कोरोना भाइरस सर्ने जोखिम बढेको छ । सरकारले सार्वजनिकस्थलमा खोपकार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन भने गर्न सकेको छैन । खोप केन्द्र र अस्पतालमा जनस्वास्थ्यका मापदण्ड पालना भइरहेको छैन  ।

धेरैजसो खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको लामो लाइन छ । भौतिक दूरी त परको कुरा, कतिपयले त लाइनमा बस्दा समेत मास्क लगाउने गरेका छैनन् । सरकारले सार्वजनिक ठाउँमा हिँडडुल गर्नका लागि पनि खोप कार्ड अनिवार्य गरे पछि अहिले खोप लगाउनेहरुको भिड बढेको हो ।

यसले खोप केन्द्रबाटै कोरोना सङ्क्रमणको जोखिम बढेको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ । नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै अग्रपङ्क्तिमा खटिएर काम गर्नेहरु पनि धमाधम सङ्क्रमित हुन थालेका छन्। 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया