एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण

 माघ ९, २०७८ आइतबार ११:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण  पुष्टि भएको छ ।

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सङ्क्रमण  पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया