पहिरोमा पुरिएर एक जनाको ज्यान गयाे, एक जना घाइते

 माघ १२, २०७८ बुधबार १३:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोङगाङमा आज बुधवार बिहान सुक्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएकाे छ । पहिराेमा पुरिएर अर्का एक जना घाइते भएका छन् ।

पहिराेमा पुरिएर ज्यान गुमाउनेमा गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहनुभएकाे छ । घाइते हुनुभएका गोङगाङका कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डाै लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।

उनीहरू दुवै जना सडकमा ग्याबिन पर्खाल लगाउने काम गरिरहेका वडाध्यक्ष टासी छोवाङ तामाङले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया