डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला

 माघ १४, २०७८ शुक्रबार १३:३६:२० | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला परेका छन् ।

दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला पर्नुभएकाे जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो । 

कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज बिहान मृतावस्थामा फेला पर्नुभएकाे भाटले बताउनु भयाे । 

उहाँको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ २, २०७९

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया