युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । साथै बाग्मती करिडोरका केही रुटमा पनि यातायात सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
महाशाखाले बुधबार हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लाग्ने भएकाले एक दिनका लागि त्यो रुटमा सवारी सञ्चालनमा रोक लगाइने सूचना जारी गरेर जानकारी दिएको हो ।
महाशाखाले जारी गरेको सूचनाअनुसार तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइने छ । यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइने छ । उक्त रुटमा पानी ट्याङ्कर सञ्चालनमा पनि रोक लगाइने छ ।
महाशाखाले तिजका दिन पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुटको व्यवस्था मिलाएको छ । प्रतिबन्ध लगाएको क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि निश्चित रुट तोकिएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र त्यही रुट भएर फर्कने व्यवस्था गरिएको छ ।
यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ ।
रातोपुल गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ ।
शंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकारी सवारीसाधनलाई भने प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।