मधेसलाई पहाड र हिमालसँग जोडेर राष्ट्रिय एकता कायममा समर्पित हुन्छु : पूर्वराष्ट्रपति यादव

 भदौ २६, २०७५ मंगलबार १८:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्वराष्ट्रपति डा.रामवरण यादव विभिन्न २६ विद्यालयका विद्यार्थीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको सुदृढिकरणमा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

पूर्व राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई लागू गर्न सबैलाई आवश्यक सुझाव दिने भावी योजना पनि सार्वजनिक गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित बालिबालिकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मधेशलाई पहाड र हिमालसँग जोडेर राष्ट्रिय एकता कायम राख्न पनि आफू समर्पित हुने बताउनुभयो ।

कार्यक्रममा बालबालिकाहरुले तपाईँको भावी योजना के छ भन्दै प्रश्न गरेका थिए । त्यो प्रश्नको जवाफ दिँदै पूर्व राष्ट्रपति यादवले राष्ट्रिय एकतामा जोड दिएर राष्ट्रको हितमा लागि पर्ने बताउनु भएको हो । उहाँले सभ्य समाज निर्माणमा पनि आफूले आवश्यक अनुभव आदान प्रदान गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।

पूर्व राष्ट्रपति यादवले बालबालिकाहरुलाई राम्रो शिक्षा लिएर इमान्दार नागरिक बन्न पनि आग्रह गर्नु भयो । राम्रो शिक्षासहितको इमान्दार र चरित्रवान नागरिक बने राष्ट्रले आफैं त्यस्ता नागरिकको खोजी गर्नेतर्फ पनि पूर्व राष्ट्रपति यादवले बालबालिकाको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले आफूलाई पारिवारिक परिवेशले राजनीतिक क्षेत्रमा लाग्न अभिप्रेरित गरेको पनि बताउनु भएको थियो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया