११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
डाेटी - डाेटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीकै भर पर्नु परेको छ ।
बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेकाे छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।' अस्पतालमा बिरामीले रगतको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ । नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । 'रगत आवश्यक परे सिधै प्रहरी र सेनालाई सम्पर्क गर्छौँ', शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भन्नुभयो ।
जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि याे केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ ।
सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, 'सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।'
सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।