तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

 माघ १८, २०७८ मंगलबार ७:४५:२१ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रक र  ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया