युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा
फागुन २९, २०८१ बिहिबार
गुल्मी – नेपाल प्रेस युनियन गुल्मीले उज्यालो सहकर्मी जनार्दन घिमिरेलाई उत्कृष्ट क्रियाशील पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरेको छ ।
युनियनको मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न सातौँ जिल्ला अधिवेशनको अवसरमा घिमिरेलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाल प्रेस युनियनद्वारा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक तीन–तीन वर्षमा जिल्लामा क्रियाशील पत्रकारहरुमध्येबाट छनोट गरी प्रदान गर्ने गरिन्छ । नगद र सम्मानपत्रसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीद्वारा उक्त पुरस्कार प्रदान गरिएको हो ।
अधिवेशनको अवसरमा घिमिरेसँगै अन्य तीन जना पत्रकारहरु पनि सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पदमपाणी स्मृति पत्रकारिता पुरस्कार रेडियो रेसुंगाका मनु सुनार र जनचेतना पत्रकारिता पुरस्कार पत्रकार हेम त्यागीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा साहित्यिक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो प्रेस युनियनका पूर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालिक पन्थी र जितेन्द्र थापालाई समेत सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।