युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा साेमबार राति खसेको पहिरोका कारण अहिले गाडी एकतर्फी मात्रै चलेका छन् ।
चार किलोमा पहिरो गएपछि सोमबार रातिदेखि बन्द भएको सडक १८ घन्टापछि मंगलबार साँझ एकतर्फी खुलेको थियो । राति केहीबेर दुईतर्फी नै गाडी चले पनि सबै पहिरो पन्छाउन अहिले गाडी एकतर्फी मात्रै चलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार रातिदेखि रोकिएका गाडी गन्तब्यमा जान थालेको र तीजका कारण अरु बेला भन्दा धेरै गाडी चलेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा गाडी चापमा चलिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
दिउँसोसम्म सडक दुइतर्फी नै चलाउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।