सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस २, २०८१ मंगलबार
दाङ - दाङको तुलसीपुर- ५ मा रहेकाे एक जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।
आज बिहान दुई बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।
उहाँले घरमा अझै तीनदेखि पाँच जनासम्म फसेकाे हुनसक्ने जानकारी दिनुभएकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे डीएसपी अर्यालले बताउनुभयाे।
विद्युत् मिटर पड्किँदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।