बर्दियामा बेहुली पुर्याएर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटना : एक जनाको ज्यान गयो, १६ जना घाइते

 माघ २९, २०७८ शनिबार १९:८:२ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको बाँसगढी नगरपालिकामा आज दिउँसो बेहुली पुर्याएर फर्किँदै गरेको ट्र्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

ट्र्याक्टर पल्टिँदा ठाकुरबाबा-७ का अन्दाजी १८ वर्षीय सुमन थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । 

ठाकुरबाबा नगरपालिका-७ बाट बाँसगढी नगरपालिका-४ बठुवामा बेहुली पठाउन गएको भे २ त १३१६ नम्बरको ट्र्याक्टर फर्कने क्रममा बसपार्क नजिक बठुवा जाने चोकमा पल्टिएकाे थियाे । 

घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया