'भ्यालेन्टाइन्स् डे' का लागि झण्डै एक करोड रुपैयाँको गुलाब आयात

 फागुन २, २०७८ सोमबार ८:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आजको 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ ।

प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ ।

यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो ।

८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । तर, महामारीका कारण भएको लकडाउनका बेला गुलाबका धेरै बिरुवामा समयमानै मलजल हुन नपाएकाले आधा भन्दा धेरै बिरुवा मरेको उहाँले बताउनुभयो ।

कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको हो ।

प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया