नेपाल टेलिकमकाे 'भ्यालेन्टाइन्स डे' अफर, आज र भाेलि ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डाटा

 फागुन २, २०७८ सोमबार १५:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फेब्रुअरी १४ मा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) सम्म उपलब्ध हुनेछ । 

याे अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा 'Day Combo Offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

यसैगरी नेपाल टेलिकमले भर्खरै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी (VoLTE) सेवामा 'भ्यालेन्टाइन्स डे' कै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । 

साथै 'भ्यालेन्टाइन्स डे' कै अवसरमा फागुन २ गते एमपोसबाट गरिने दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र पाँच सय रुपैयाँ वा त्याे भन्दामाथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रूपमा निःशुल्क उपलब्ध हुनेछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया