अमेरिकी डलरको भाउ घट्यो

 भदौ २८, २०७५ बिहीबार ७:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ । 

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो । यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ  १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएकोले डलरको भाउ लगातार बढीरहेको अर्थविदको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो । भारतसँगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि स्वत डलरको भाउ महंगो हुने गरेको छ । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया