नयाँ बानेश्वरमा एमसीसीकाे विराेध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप

 फागुन ४, २०७८ बुधबार १३:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा सडकमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको छ ।  

प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) लगायत दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले आज बुधवार बिहानैदेखि माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गर्न थालेका हुन् । प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया