नेपाल बार एसोसिएशनको चुनाव चैत १९ गते : तालिका सार्वजनिक

 फागुन १०, २०७८ मंगलबार ७:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो चैत १९ गते हुने नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको चुनावका लागि तालिका सार्वजनिक भएको छ । चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

तालिका अनुसार, आउँदो २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । यस्तै, बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशित गर्दैछ ।

आउँदो शुक्रवार मतदाता नामावलीमा दाबी विरोध गरी २० गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने बारले जनाएको छ । यस्तै, आउँदो २३ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ ।

बारको अध्यक्ष पदको उम्मेदवारीका लागि ५० हजार रुपैयाँ, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका  लागि ३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न चुनाव हुन लागेको हो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया