स्थानीय तहको चुनावमा विद्युतीय भाेटिङ मेसिनकाे प्रयोग हुने सम्भावना कम

 फागुन १०, २०७८ मंगलबार ९:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्थानीय तहको चुनावमा विद्युतीय भाेटिङ मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ ।

विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार विद्युतीय मेसिनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा देश बाहिरबाट खरिद गर्ने मेसिनको प्रमाणीकरणमा मुख्य समस्या छ । त्यसका साथै चुनावमा भाग लिने दलहरुबीच विद्युतीय मेसिन प्रयोगका लागि सहमति जुट्न पनि गाह्रो रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठन भएको विज्ञ टोलीले विद्युतीय मतदानमा जानुपर्ने सुझावसहितको प्रतिवेदन एक हप्ताअघि आयोगलाई बुझाइसकेको छ ।

विज्ञ समूहले खर्च जोगिने भएकाले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त हुने सिफारिस गरेको छ । तर आयोगले मतपत्रबाटै चुनाव गर्ने गरी सात सय मेट्रिक टन कागज खरिदको टेन्डर गरिसकेको छ । यसअघि केही राजनीतिक दलले पार्टीको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरेका थिए ।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरिसकेको छ । त्यसैअनुसार निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारेको छ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया