नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड र चोरी

 फागुन १०, २०७८ मंगलबार २०:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सीसीटीभी फुटेज

काठमाण्डाै – नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा नचिनेका व्यक्तिले तोडफोड र चोरी गरेको छ । आज मङ्गलवार दिउँसो स्काउटको कार्यालयमा कर्मचारीलाई हातापात गरी तोडफोड भएकाे र ल्यापटप लगायतका सामग्री चोरी पनि गरेको नेपाल स्काउटले बताएको छ ।

नेपाल स्काउटले पत्रकार सम्मेलन गरी तोडफोडपछि चाेरी पनि भएकाे जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यावसायिक भवनहरू खड्का ल्यान्ड डेभलपमेन्टले भाडामा लिएर अवैध संरचना बनाएको र त्यसलाई रोक्न खोज्दा उनीहरूकै मान्छेहरूले कार्यालयमा तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्का ल्यान्ड डेभलपमेन्डट प्रालीले भाडाबापत तीन करोड १७ लाख आठ हजार नाै सय १० रुपैयाँ नतिरेकाले तिर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताउनुभयो । उहाँले खड्का ल्यान्ड डेभलपमेन्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्व राज्य मन्त्रीसमेत रहेका दीपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको बताउनुभयो । उहाँले यसरी राज्यको आडमा केही व्यक्तिहरूले स्काउटको कार्यालय तोडफोड गरी चोरी गर्ने तथा कर्मचारीलाई धम्की दिने काम निन्दनीय भएको बताउनुभयो ।

भण्डारीले सार्वजनिक सम्पत्ति कब्जा गर्ने मनसायले स्काउट कार्यालयमा तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई यथाशक्य छिटो पक्राउ गरी कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न माग सरकारसँग माग गर्नुभएको छ ।

उहाँले स्काउट नेपाल सरकारकै एक अभिन्न अङ्ग रहेको सार्वजनिक कार्यालयमै समेत यस्तो किसिमको घटना हुनु देशको सुरक्षा व्यवस्थ प्रति नै चुनौती दिएको बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया