वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भैरहेको छ : प्रहरी

 फागुन ११, २०७८ बुधबार ९:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । गएराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्किनु भएको थियो । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको  परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।

उहाँको  टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनय गर्नु भएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prem karki

    Feb. 23, 2022, 10:57 a.m.

    अनुसन्धान हुनैपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया