हरिवंश आचार्यले गाए यस्तो गीत– ‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ (भिडियो)

 भदौ २९, २०७५ शुक्रबार ७:५७:९ | उज्यालो सहकर्मी

काठमाडौं – वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । मह सञ्चार को अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

हरिवंश आचार्यको स्वरमा सजिएको गीतको शब्द तथा संगीत पनि आचार्य आफैँले गरेका हुन् । गीतमा जिवित जाल्मीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका हुन् भने दीर्घ गुरुङले म्युजिक भिडियो खिचेका हुन् ।

वरिष्ठ हाँस्य कलाकार आचार्यले अफूलाई कलाकारिता सँगै कुशल लेखकका रुपमा चिनाइ सकेका छन् । उनीद्धारा लिखित पुस्तक चिना हराएको मान्छेलाई पाठकले अत्यन्तै रुचाएका थिए । उनले चलचित्रक्षत्रमा समेत आफ्नो लेखन कौसल प्रस्तुत गरिसकेका छन् । लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नि बद्रीलगायतका कथा उनै वरिष्ठ हाँस्यकलाकार आचार्यले लेखेका हुन् भने उक्त चलचित्रहरुमा मुख्य अभिनयसमेत निर्वाह गरेका छन् । उनीद्धारा लिखत तथा अभिनित चलचित्र सत्रु गतेलाई दर्शकले अत्यन्तै मन पाराएका थिए । चलचित्र सत्रुगते २०७४ सालमा सर्वाधिक सफल व्यापार गर्ने चलचित्र बनेको थियो ।

उनले समाजमा हुने गरेका विकृतीलाई न्युनिकरण गर्ने उद्देश्यकासाथ विभिन्न टेलि श्रृंखलासमेत लेखन तथा निर्माण गरका छन् । लालपुर्जा, पन्ध्र गते, भकुण्डे भूत, हरिबहादुर र मदनबहादुर, ५० र ५०, दशैंको च्याङ्ग्रालगायतलाई दर्शकहरुबाट लोभ लाग्दो साथ मिलेको थियो । श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देश विदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेवापत मदन कृष्ण श्रेष्ठसँगै उनलाई वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।

उनले विभिन्न सन्देश मुलक गीत संगीतमा आफ्नो स्वर दिनुको साथै अभिनयको माध्यमबाट समाज रुपान्तरणका निम्ति अहम भूमिका निर्वाह गर्दै आएका छन् । 

सँधैजसो हाँस्यव्यंग्यबाट दर्शकलाई हँसाउने आचार्यले अहिले यस्तो गीत गाएका छन् हरौँ उनको गीत –

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binod Apagain

    Sept. 14, 2018, 10:17 a.m.

    यथार्थ 😊😊

  •  0 Reply

तपाईको प्रतिक्रिया