कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयाेग हुन नदिने सरकारकाे प्रतिबद्धता

 फागुन १८, २०७८ बुधबार १९:८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज बुधवार सार्वजनिक गर्दै सरकारकाे धारणा राख्नुभएकाे हाे । 

मन्त्री कार्कीले देशकाे परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी मित्र राष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेकाे बताउनुभयाे । ‘सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति मर्मअनुसार भारत चीन लगायत कुनै पनि मित्र राष्ट्रकाे विरुद्ध नेपाली भूमि प्रयाेग हुन नदिने सरकारकाे प्रतिबद्धता छ’, उहाँले भन्नुभयाे ।

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थाप्रति आभारसमेत प्रकट गरेको छ । 

यस्तै मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्न सहज वातावरण निर्माण गर्ने सबै राजनीतिक दल, बुद्धिजीवीलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया