थप १ सय २६ जनामा कोरोना पुष्टि, ३ सय ८५ जना निको

 फागुन २०, २०७८ शुक्रबार १५:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

नेपालमा अहिलेसम्म एक करोड ८५ लाख २२ हजार पाँच सय ९५ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तीमध्ये एक करोड ७६ लाख ८१ हजार ४३ जनाले पूर्णमात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९० प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया