प्रहरीको कुटाइबाट युवाको ज्यान गएको भन्दै आफन्त आन्दोलित

 फागुन २१, २०७८ शनिबार १८:३२:२५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा प्रहरीको कुटपिटबाट एक युवाको ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । कालीकोटका कृष्ण हमालको ज्यान गएको भन्दै उनका आफन्तहरु आन्दोलित भएका हुन् ।  

उनको शनिबार बिहान ज्यान ग एको हो । शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा रक्सी सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् । 

हमाललाई बिहान सवा दश बजे सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै ज्यान गएको जनाएको छ । अस्पताल प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा शनिबार बिहान १० बजेर १५ मिनेटमा दुई जना व्यक्तिहरुले बेहोस् भएको भनेर ल्याएको र जाँच गर्ने क्रममा कुनै पनि जिवित चिन्हहरु नभएकाले र अस्पताल ल्याउनुपूर्व नै ज्यान गएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानबिन गर्नका लागि पीडित पक्षसँग बसेर समिति बनाएको र छानबिन सुरु गरी दोषि देखिए कारबाही गरिने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया