लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै

 फागुन २३, २०७८ सोमबार ९:३१:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सिम्रिक एअरको हेलिकप्टर काठमाडौबाट उडेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सिम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो ।

पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाले आगाे निभाउन हेलिकप्टरको विकल्प नभएको उपाध्यक्ष शेर्पाले बताउनुभयो । 

आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको नगारिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । आगलागीको कारण पत्ता लाग्न सकेको छैन।

अन्तिम अपडेट: बैशाख २, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया