ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिए

 फागुन २३, २०७८ सोमबार १२:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् । अर्का एक जना भने बेहोस छन्।

ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका-४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिंतानले पनि घटना के कारणले भयो भन्नेबारे केही थाहा नभएको बताउनु भएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया