वीर अस्पतालमा उपकुलपति नियुक्त गर्ने विषयलाई हल्का रुपमा नलिइयाेस्: चिकित्सक संघ

 भदौ २९, २०७५ शुक्रबार १५:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । 

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्ध सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो । स्वास्थ्य सेवामै लागि रहेकाहरुलाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

संघले स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गरिए न्यायोचित नहुने ठहर गरी स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकुलपति नियुक्त गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गएकाे आइतबार नै ज्ञापनपत्र बुझाइसकेको छ ।

मुलुकको एक मात्रै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकुलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ । स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकुलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया