च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – पत्रकार राजु बस्नेत रिहा भएका छन् । जिल्ला अदालत काठमाडाैंले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै बस्नेत रिहा भएका हुन् ।
यसअघि कागज गर्न र मेडिकल टेस्ट बाँकी रहेको भन्दै पत्रकार बस्नेतलाई अदालत परिसरबाट महानगरीय प्रहरी परिसर ललितपुर ल्याइएको थियो ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो ।
सम्मानित अदालतकाे आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
केही दिनअघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।
दृष्टि दैनिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार उनले आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए । त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।