पार्टीलाई स्थापित गर्न स्थानीय चुनाव महत्त्वपूर्ण छ, धेरै भन्दा धेरै उम्मेदवारलाई जिताउनुपर्छ : यादव

 फागुन ३०, २०७८ सोमबार १४:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

आज सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो । उहाँले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आउँदाे स्थानीय तहकाे चुनावमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘प्रत्येक केन्द्रीय सदस्यहरूले आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौँ । यो दुई महिना, वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरू गर्नेछाैँ । चुनाव नजिकिएकाे हुनाले र र पार्टीलाई स्थापित गर्नका लागि स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले यसलाई हामीले धेरै भन्दा धेरै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आउँदाे स्थानीय चुनावमा सहभागी हुने बताउनुभयो । उहाँले आजको बैठकमा नेताहरूले पार्टीको सङ्गठनात्मक कुराहरूमा आफ्नो धारणा राखिरहेको बताउनुभयो । आजको बैठकले केन्द्रीय प्रतिनिधिहरूले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्नेबारेमा छलफल भइरहेको पनि जानकारी दिनुभयाे ।  

यस्तै पार्टीकाे प्रचा विभाग प्रमुख डम्बर खतिवडाले स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना रहेको सुनाउनुभयाे । बैठकमा आउँदाे विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया