पाँच दिनदेखि बन्द मध्यमोदी जलविद्युत आयोजनाको काम शुक्रबारदेखि सुरु

 भदौ २९, २०७५ शुक्रबार २०:३४:१५ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पाँच दिनदेखि बन्द मध्यमोदी जलविद्युत आयोजनाको काम शुक्रबार साँझदेखि फेरि सुरु भएको छ । 

प्रभावित क्षेत्रका बासिन्दाहरुले विभिन्न माग राख्दै प्रभावित तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखिआयोजनाको काम रोकिएको थियो ।

आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीहरुले गएको आइतबारदेखि तालाबन्दी गरेरै आन्दोलनमा उत्रिएका थिए । 

पटक पटकको वार्तापछि शुक्रबार साँझसम्ममा दुवैपक्षको छलफल निष्कर्षमा पुगेको छ । 

छलफलका क्रममा आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाहरुबीच विभिन्न ४ बुँदे सहमति भएको मोदी गाउँपालिका वडा नं. २ देउपुरका वडा सदस्य जीवन चापागाइंले जानकारी दिनुभयो । 

प्रभावित क्षेत्रका बासिन्दाहरुले उठाएका मागहरुलाई छलफल मार्फत निष्कर्षमा पुगिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताउनुभयो । 

उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दाहरुको क्षति अनुगमन गरी मूल्याङकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको भुगर्भ विभागका प्राविधिकहरुको टोलीद्वारा यथार्थ निरीक्षण गराउने, निरीक्षणबाट वास्तविक क्षति पुगेको प्रतिवेदन आएमा स्थानीयबासीहरुको मागलाई सम्बोधन गर्ने लगायतका सहमति भएको छ । 
    
प्रभावित क्षेत्रका बासिन्दाहरुले बम विस्फोट गर्दा १६ घरमा क्षति भएको बताएका छन् । 

मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घरधुरी र वडा नंं १ अन्तर्गत ३२ घर धुरी प्रभावित     भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया