मधेस प्रदेशको नारा व्यवहारमा मिलेन : अध्यक्ष ओली

 चैत १, २०७८ मंगलबार १९:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको बताउनुभएकाे छ । उहाँले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताउनुभयो । 

यस्तै मधेस प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताउनुभएको छ । एमाले पर्सा–काठमाण्डाै सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज मङ्गलवार भक्तपुरको थिमि राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उहाँले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्‍याउन सक्ने गरी मधेस प्रदेशको विकास गरिने बताउनुभयो । 

मधेस प्रदेश विकासमा पछाडि पर्नु नपर्ने भन्दै ओलीले पर्यटकीय दृष्टिकोणबाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोसी डाइभर्सन बनाएपछि यस क्षेत्रका सबै जमिनमा सिँचाइ पुग्ने बताउनुभयो । अध्यक्ष ओलीले वीरगञ्ज–काठमाण्डाै रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गर्नुभयो । 

कार्यक्रममा पर्साबाट आएका विभिन्न पार्टीका व्यक्ति एमाले पार्टी प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया