रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पाँगाको खाःचो बस्तीका बासिन्दालाई जग्गा धनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ ।
२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई अहिलेसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि हिजो लालपुर्जा वितरण गरेको हो ।
नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भूमिहीन नागरिकलाई जग्गाको लालपूर्जा वितरण गरिएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले जग्गा पुर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताउनु भयो । झण्डै ६० वर्षदेखि आफ्नै जग्गाको धनीपुर्जा नपाएका बासिन्दा धनिपुर्जा पाएपछि खुशी भएका छन् ।
जग्गा धनीपुर्जा नहुँदा जग्गा किनबेच, अंशवण्डा तथा वित्तीय कारोबारका लागि धितो राख्ने जस्ता काम रोकिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।