अछाममा खाेलामा डुबेर एक जनाकाे ज्यान गयाे

 चैत ४, २०७८ शुक्रबार १७:८:३१ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामकाे मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो । 

हिजाे बिहीवार दिउँसाे अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा उहाँको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिनुभयो ।

मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया