एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
खोटाङ – खोटाङको धार्मिकस्थल हलेसीमा दुई हप्तामा चार लाख ४३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको फागुन १६ देखि ३० गतेसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट चार लाख ४३ हजार दुई सय ३० रुपैयाँ भेटी सङ्कलन भएको हो ।
हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट तीन लाख ३३ हजार तीन सय ५०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय पाँच, बसाहा थानमा राखिएको दान पेटिकाबाट ५० हजार नौ सय ७५ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार तीन सय रुपैयाँ आम्दानी भएको हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट चार हजार रुपैयाँ जम्मा भएको छ ।
मन्दिरबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये एक लाख ३४ हजार नौ सय ९८ खर्च हुँदा तीन लाख आठ हजार दुई सय ८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताउनुभयो । यस अवधिमा दर्शनार्थीले भारु तीन हजार सात सय, चाँदी साढे १९ तोला र सुन १ दशमलव २ ग्राम चढाएका सूचना केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।