बर्दियामा पाटे बाघ मृत भेटियो

 चैत ८, २०७८ मंगलबार १०:५२:४२ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो।

यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया