मतपत्र छपाइको तयारी, साना दललाई पनि आफ्नै चुनाव चिह्न

 चैत १४, २०७८ सोमबार ८:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ ।

एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको विवरणअनुसार देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ रहेको छ । आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।

साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो । जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया