भारत र चीनले रुसबाट सस्तो मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति बढाए

 चैत १४, २०७८ सोमबार १८:२:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।

अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि लगाएको प्रतिबन्धले पेट्रोलियम पदार्थको मुख्य आपूर्ति तथा प्रयोगकर्ता चीन र भारतलाई भने राहत मिलेको छ ।

अमेरिका, बेलायत तथा युरोपेली सङ्घको प्रतिबन्धका कारण रुसले धेरै मात्राको तेल बिक्री गर्न असफल हुने आँकलनका बीच चीन र भारतको आयातले रुसलाई पनि राहत मिलेको छ । यसको असरले अमेरिका, युरोपसहितका देशमा भने पेट्रोलियम पदार्थको भाउ बढ्ने इकोनोमिक्स टाइम्सले जनाएको छ ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया