रुस–यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनको प्रतिक्रिया

 चैत १६, २०७८ बुधबार ६:५६:५२ | एजेन्सी
unn.prixa.net

रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनले जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इस्तानबुलमा हिजो भएको दुई देशबीचको वार्ताले सकारात्मक उर्जा दिएको उल्लेख गरेको छ ।

रुस र यूक्रेनबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा र समर्थन दिनुपर्ने प्रवक्ता वाङ वन पिनले निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै सङ्कटको समाधान गर्ने सबभन्दा व्यावहारिक उपाय वार्ता भएको र त्यसका लागि सहकार्य हुनुपर्ने चीनको अडान रहेको चिनियाँ पराराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुस र यूक्रेनबीच हिजो टर्कीको राजधानी इस्तानबुलमा भएको वार्तामा रुसले युक्रेनको किएभ र चेर्निहिवमा सैन्य गतिविधिलाई कम गर्ने निर्णय भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया