प्रधानमन्त्री देउवाद्वारा बिमस्टेकको शिखर सम्मेलनलाई सम्बोधन

‘गरिबी, जलवायु परिवर्तन, महामारीलगायतका समस्याको सबै मिलेर सामना गर्नुपर्छ’

 चैत १६, २०७८ बुधबार १४:२७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी, जलवायु परिवर्तन, सूचना प्रविधिको पहुँचको असमानता र महामारीको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । 

श्रीलङ्काको कोलम्बुमा सुरु भएको आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दैै देउवाले अहिले विश्वले एकै साथ ठूला–ठूला जटिल चुनौतीको सामना गर्नुपरेको भन्दै मित्र राष्ट्रहरूले सहयोग र एकताको आधारमा काम गरेमा मात्रै यस्ता सङ्कटलाई पार लगाउन सकिने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोना महामारीले बिमस्टेकका सदस्य देशहरूको अर्थतन्त्र थप समस्यामा परेको भन्दै प्रधानमन्त्री देउवाले जारी शिखर सम्मेलनले क्षेत्रीय भावना, एकता र ऐक्यबद्धताका साथ काम गर्नुपर्ने बताउनुभयो । बिमस्टेकको शिखर सम्मेलनले सूचना प्रविधिको हस्तान्तरणको बारेमा बडापत्र पारित गर्न लागेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य देशहरूका लागि यो कोशेढुङ्गा हुने पनि बताउनुभएको छ । 

यस्तै सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि कोरोना महामारीले निकै ठूलो चुनौती थपिएको भन्दै प्रधानमन्त्री देउवाले बिमस्टेकका सदस्य देशहरूले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया