विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति हुन्छ : मन्त्री आले

 चैत १८, २०७८ शुक्रबार १२:५५:३० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तराेन्नति गरिने बताउनुभएको छ । आज शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले  चाँडै नै विराटनगर  विमानस्थलको स्तराेन्नति लगायत अन्य भौतिक  संरचना  निर्माणको काम गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको  स्तराेन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने छ ।”

यसैगरी मन्त्री आलेले विमानस्थल स्तराेन्नतिका लागि रकम अपुग भए आगामी आउने बजेटमा विनियोजन गर्ने समेत जानकारी दिनुभयो । विराटनगरबाट अन्य क्षेत्रमा पनि जहाज चलाउनका लागि पहल भइरहेको समेत मन्त्री आलेले बताउनुभयो । विराटनगर विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणका विषयमा भइरहेका कामका बारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री आलेले जग्गा अधिग्रहणकै लागि मात्र १७ अर्ब रुपैयाँ आवश्यक पर्ने भएको र यहाँका नागरिक समाज तथा सबै क्षेत्र तह, तप्काबाट जग्गा प्राप्ति हुन सके यो विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल वानउने विषयमा मलागयत पूरै हाम्रो टिम सकारात्मक छ, जग्गा प्राप्तिका लागि आवश्यक सहयोग गरे, क्षेत्रीय स्तरको विमानस्थल अवश्य बनाउने छौँ ।”

यसैगरी मन्त्री आलेले विराटनगर विमानस्थलमा रहेका कतिपय संरचनाहरु जीर्ण भएका र केही पुनर्निर्माण गर्नु पर्ने देखिएकाले ती संरचनाको टेन्डर भइसकेकाले चाडो काम सक्नका लागि सबैले चासो देखाउनु पर्ने बताउनुभयो । मन्त्री आलेले विराटनगर विमानस्थलको निरीक्षण तथा अवलोकन गर्दै विमानस्थलमा निर्माण गरिएका यात्रु सौचालयदेखि अन्य क्षेत्रहरु सफा र सुग्घर राख्न समेत निर्देशन दिनु भएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया