बेरुजु रकम फर्छ्याैट गर्न हेली कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको १५ दिने अल्टिमेटम

 चैत ३०, २०७८ बुधबार १०:३१:० | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्छ्याैट गर्नका लागि हेलिकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

यसअघि निकुञ्ज क्षेत्रमा उडान  र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा चैत २९ गते हेलिकोप्टर कम्पनीलाई निकुञ्जले १५ दिने अल्टिमेटम दिएको हो । यो समयावधिभित्रमा बेरुजु फर्छ्याैट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिनुभयो ।

यसअघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानबिन समितिका संयोजक मनोजकुमार मण्डलले पेस गरेको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जले सिम्रिक एयर, कैलाश, मनाङ, माउण्टेन, फिस्टेल, एभरेष्ट, डाईनेष्टिक, अल्टिच्यिुड, प्रभु, श्री एयरलाईन्सलाई राजश्व दाखिला गर्न पत्राचार गरेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया