रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरको वास्तविकता
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले देशलाई नै सिध्याइदिने चेतावनी दिनुभएको छ । भ्रष्टाचार देशकाे सबैभन्दा गम्भीर समस्या भएको उल्लेख गर्दै उहाँले त्यसको विरुद्ध निसाना नसोझ्याउने हो भने देशलाई नै सिध्याइदिने बताउनुभएको हो ।
आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’ को उद्घाटन गर्दै सभामुख सापकाेटाले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयाे, ‘मैले जानेर दुई पैसा पनि भ्रष्टाचार गरेकाे छैन । भ्रष्टाचारविरुद्धकाे अभियानमा म प्रतिबद्ध छु । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो भने यसले एक दिन मातृभूमिलाई खाइदिन्छ । यसलाई नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो देशलाई सिध्याउँछ भन्ने कुरा फेरि दाेहाेर्याउन चाहन्छु ।’
काठमाण्डाैकाे बबरमहलमा रहेकाे नेपाल कला परिषदमा सुरु भएको याे प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुने गरी कार्टुनहरू बनाउन पनि काटुर्निस्टहरूलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।