पोखराकाे मेयरमा कांग्रेसबाट १८ जनाकाे नाम मनाेनयन

 बैशाख ४, २०७९ आइतबार १६:४०:४५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पाेखरा महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसबाट १८ जनाले मनाेनयन दर्ता गरेका छन् । कांग्रेस पोखरा महानगर समितिले नाम दर्ता गराउन आह्वान गरेपछि मेयरमा १८ जना र उपमेयरमा आठ जनाले मनाेनयन दर्ता गरेका हुन् ।   

मेयरका लागि कांग्रेसबाट गंगाधर पराजुली, सुदीप मोहन भट्टराई, डा. परमेश्वर पोख्ररेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखेकाे नाम दाबी पेस भएकाे छ । यस्तै किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, ऋषि सापकोटा र गणेश भट्टराईले नाम दिएका कांग्रेस पोखरा महानगर समितिका सचिव गणेश थापाले जानकारी दिनुभयाे । विन्दुकुमार थापा गण्डकी प्रदेशका मन्त्री हुनुहुन्छ । 

यस्तै उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे जिसी, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, चिनु गुरुङ र मिलन थापाले दाबी पेस गरेका छन् । 

कांग्रेस महानगर समितिको सचिवालयले हिजाे शनिवार सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको थियो ।

सत्तारुढ गठनबन्धनमा पोखरासहित देशका ६ महानगरपालिकामा कसको भागमा के पर्ने निर्णय भइ नसके पनि कांग्रेसले भने पोखराकाे मेयर छान्ने काम अगाडि बढाएको छ । पोखरामा मेयरकाे उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिनअघि पार्टी  सभापति शेरबहादुर देउवालाई भेटेको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया